कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कठिन मोडमा दक्षिण अफ्रिका

एजेन्सी

बर्मिङघम — दक्षिण अफ्रिकाले जारी एकदिवसीय विश्वकपको आफ्नो पाँचौं खेलमा पहिलो जित निकाल्ने क्रममा अफगानिस्तानलाई ९ विकेटले पराजित गरेको थियो । बुधबार एजबास्टोन रंगशालामा दक्षिण अफ्रिकाका लागि न्युजिल्यान्ड निकै कठिन चुनौती हुन सक्नेछ ।

कठिन मोडमा दक्षिण अफ्रिका

सन् २०१५ को विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रिकामै जन्मिएका न्युजिल्यान्डका ग्रान्ड इलियटले अविश्वसनीय छक्का प्रहार गरी खेल जिताएपछि दक्षिण अफ्रिका घर फर्किएको थियो भने न्युजिल्यान्डले पहिलोपल्ट विश्वकप फाइनलमा स्थान बनाएको थियो । बुधबारको खेलमा न्युजिल्यान्ड तुलनात्मक रूपमा कम दबाबमा हुनेछ तर दक्षिण अफ्रिकाका लागि भने सेमिफाइनल प्रवेशको अभियानमा यो नतिजा निर्णायक बन्नेछ ।


ट्रेन्ट ब्रिजमा भारतविरुद्धको खेल वर्षाले रद्द हुनुअघि न्युजिल्यान्डले विश्वकपका सुरुआती तीनै खेल जितेको थियो । न्युजिल्यान्डका बलरहरूको प्रदर्शन अहिलेसम्म उत्कृष्ट देखिएको छ । जसले हरेक विपक्षीलाई कमसे कम स्कोरमा सीमित गरिदिएका छन् । फलस्वरुप ब्याट्सम्यानले खुलेर खेल्न पाएका छन् ।


मिचेल सान्टनरले निर्णायक इनिङ्स खेल्नुअघि बंगलादेशविरुद्ध न्युजिल्यान्डको मध्यक्रम असफल देखिएको थियो । सम्भवतः उनीहरूले दक्षिण अफ्रिकाको बलिङ आक्रमणविरुद्ध कठिन परीक्षा दिनुपर्नेछ ।


लगातार तीन हारपछि दक्षिण अफ्रिका अस्तव्यस्त देखिएको थियो । तर पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दा उनीहरूले एउटा पूर्ण प्रदर्शन गरे । इमरान ताहिरले ४ विकेट लिएर खेल जिताउने प्रदर्शन गरे । ओपनिङ जोडीले गरेको शतकीय साझेदारी दक्षिण अफ्रिकाका लागि सबैभन्दा सकारात्मक पक्ष हो ।


उच्च लयमा देखिएका न्युजिल्यान्डका बलरहरूको सामना गर्नका लागि दक्षिण अफ्रिकाका शीर्ष ब्याट्सम्यानहरूले पुनः एकपल्ट निर्णायक प्रदर्शन गर्नुपर्ने आवश्यकता छ । ह्यामस्ट्रिङको चोटका कारण पछिल्लो ३ खेल गुमाएका लुंगी एनगिडी स्वस्थ्य भएका छन् । उनले सुरुआती ११ मा बेउरान हेन्डरिक्सलाई प्रतिस्थापन गर्ने सम्भावना छ ।


बुधबार एजबिस्टोनमा दिनको सुरुआतमा सामान्य वर्षा हुने र दिउँसो घाम लाग्ने पूर्वानुमान छ । यस मैदानमा यसअघिका चार खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ ।

प्रकाशित : असार ४, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?