दक्षिण अफ्रिकाको पहिलो जित
कार्डिफ — दक्षिण अफ्रिकाले पहिलो जित दर्ता गर्दै शनिबार राति विश्वकपमा आफ्नो चुनौती जीवन्त राख्यो । उसले अफगानिस्तानलाई नौ विकेटले पराजित गरेको हो ।
फाफ डे प्लेसिसको टिमले सुरुआती तीन खेल गुमाएर खराव सुरुआत लिएको थियो । यस्तै उसको चौथो खेलपछि वर्षाले सम्भव भएको थिएन् ।
म्यान अफ द म्याच इमरान ताहिरले चार विकेट लिएपछि पहिले ब्याटिङ गरेको अफगानिस्तान १ सय २५ रनमा अलआउट भयो । जवाफमा दक्षिण अफ्रिकाले १ सय १६ बल बाँकी छँदै एक विकेट गुमाएर आवश्यक रन बनायो । हसिम अमला ४१ रन बनाएर नटआउट रहे भने क्विन्टन डे ककले ६८ रन बनाए ।
प्रतिक्रिया