कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्वकपमा ध्यान छैन हेजलउडको

एएफपी

ब्रिसवेन — अस्ट्रेलियाली पेस बलर जोस हेजलउडले विश्वकपमा आफ्नो ध्यान नरहेको बताएका छन् । चोट कारण उनी विश्वकप खेलिरहेको टिममा छैनन् । उनका लागि यो सह्य भइरहेको छैन । ढाडको चोटका कारण जनवरीयता उनी अस्ट्रेलियाली टिममा छैनन् ।

छनोटकर्ताले उनलाई इंग्ल्यान्डविरुद्ध अगस्टमा हुने एसेज टेस्ट सिरिजका लागि तयार हुन भनेको छ ।


अहिले उनी ब्रिसवेनमा चलिरहेको क्याम्पमा छन् । उनीसँगै अस्ट्रेलियाली ए टिमका खेलाडी छन् । त्यसमा पिटर ह्यान्ड्सकम्ब, ट्रेभिस हेड र मार्कस ह्यारिस छन् । उनीहरू शुक्रबार इंग्ल्यान्ड जानेछन् । टुर सात साताको हुनेछ । अहिले भने हेजउडल पूर्णतः फिट भइसकेका छन् । उनले विश्वकप खेलेर आफूमा रहेको शक्ति खर्चिने पक्षमा नरहेको बताए ।


‘अहिले म आफ्नै तयारीमा केन्द्रित छु । विश्वकप हेर्न म राति केही समय खर्चिन पनि सक्छु । तर त्यो मलाई सजिलो हुन्न । जति विश्वकप हेरिने काम हुन्छ, म त्यत्तिकै त्यसलाई गुमाएको पीडा महसुस गर्छु,’ उनले भने, ‘मलाई राम्रोसँग थाहा छ भने म शारीरिक रूपमा पूर्णतः फिट भयो भने राम्रो प्रदर्शन गर्न सक्छु ।’

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?