१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

श्रीलंका र बंगलादेशको खेल रद्द

एएफपी

ब्रिस्टोल — लगातारको वर्षाका कारण ब्रिस्टोलमा मंगलबार विश्वकपअन्तर्गत श्रीलंका र बंगलादेशबीचको खेल रद्द गरिएको छ । दुवैले १–१ अंक पाएका छन् । 

श्रीलंका र बंगलादेशको खेल रद्द

ब्रिस्टोलमा वर्षाका कारण खेल रद्द भएको यो लगातार दोस्रो खेल हो । दक्षिण पश्चिम काउन्टी ग्लुसेस्टरसायरको केन्द्रमा शुक्रबार पाकिस्तान र श्रीलंकाबीचको खेल पनि वर्षाले स्थगित भएको थियो ।


जारी विश्वकपमा ब्रिस्टोलमा खेलाइएको तीनमध्ये दुई खेल वर्षाले रोकिदिएको छ । यस मैदानमा अस्ट्रेलियाले अफगानिस्तानलाई हराएर उपाधि रक्षाको अभियान सुरु गरेको थियो ।


रातभर र बिहानसमेतको वर्षाका कारण आउटफिल्डमा पानी जमेपछि स्थानीय समयअनुसार साढे १० बजेदेखि सुरु हुनुपर्ने खेल रोकिएको थियो । ४ घण्टासम्म पानी रोकिएर खेल सञ्चालन गर्न नसकिएपछि अम्पायरले अंक बाँड्ने घोषणा गरेका हुन् । एकदिवसीय विश्वकपमा वर्षाले धेरै खेल प्रभावित भएको यो दोस्रो विश्वकप हो । सोमबार वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेल पनि वर्षाले प्रभावित भएपछि अंक बाँडिएको थियो ।


प्रकाशित : जेष्ठ २९, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?