कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

वर्षा फेरि बाधक

एएफपी

साउथह्याम्पटन — दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीचको विश्वकप क्रिकेट खेल सोमबार भारी वर्षाका कारण रद्द भएको छ । दुवै टोलीलाई १–१ अंक बाँडिएको छ । टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७.३ ओभरमा २ विकेट गुमाई २९ रन बनाएको समयमा खेललाई वर्षाले बिथोलेको थियो । 

वर्षा फेरि बाधक

वर्षा सुरु हुनुअघि सेल्डोन कोट्रेलले दक्षिण अफ्रिकालाई अप्ठ्यारोमा पारेका थिए । उनले हसिम अमलालाई ६ रनमै स्लिपमा क्रिस गेलबाट क्याच गराएका थिए । उनले विकेट लिएपछि परम्परागत हिसाबमा छोटो मार्चमा स्यालुट गर्दै खुसी मनाएका थिए ।

अमलाको स्थानमा आएका एडेन मारक्रमले पनि ५ रनमात्र बनाउन सके । उनले कोट्रेलको बलमा विकेटकिपर साई होपलाई क्याच

दिन पुगे । खेल रोकिँदा क्विन्टन डी कक १७ रन बनाई क्रिजमा थिए भने कप्तान फाफ डु प्लेसिसले खाता खोल्न बाँकी थियो ।

पहिलो तीन खेल हारेको दक्षिण अफ्रिका जितनिम्ति तडपएको थियो ।

तर यस नतिजाले टोलीको सेमिफाइनल पुग्ने सम्भावना झन कमजोर बनाइदिएको छ । ३ खेल खेलेको वेस्ट इन्डिज ३ अंकसहित पाँचौं स्थानमा छ । दक्षिण अफ्रिका १ अंकमात्र बोकी पुछारबाट दोस्रो स्थानमा छ । पुछारको अफगानिस्तानसँग कुनै अंक छ । सहभागी १० टोलीले एकापसमा खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?