कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

न्युजिल्यान्डको शतप्रतिशत सुरुआत

एएफपी

टउन्टन — केन विलियमसनले उदाहरण लायक कप्तानी इनिङ्स खेल्दै अविजित ७९ रन बनाएपछि न्युजिल्यान्डले शनिबार विश्वकपमा अफगानिस्तानलाई ७ विकेटले हरायो र शतप्रतिशत सुरुआत कायम राख्यो । विलियमसनले ९९ बल खेल्दै टिमका लागि सर्वाधिक रन बटुले र त्यसमा ९ चौका सामेल थियो ।

त्यसअगाडि जिम्मी निसमले आपmनो खेल जीवनकै उत्कृष्ट बलिङ गर्ने क्रममा ३१ रनमा ५ विकेट लिए र अफगानिस्तान १ सय ७२ रनमा अलआउट भयो ।


लगातार तेस्रो जितपछि न्युजिल्यान्ड १० टिम सम्मिलित सेमिफाइनल प्रवेशका लागि बलियो प्रत्याशी बनेको छ । सुरुआती दुई खेलमा श्रीलंका र बंगलादेशलाई हराएको न्युजिल्यान्डले विश्वकपका पछिल्ला १२ खेलमध्ये ११ मा जित निकालेको छ । उसको एक मात्र हार सन् २०१५ को विश्वकप फाइनलमा अस्टे्रलियाविरुद्ध रहेको छ । 'हाम्रो जितमा प्रदर्शन निकै उत्कृष्ट रह्यो,' विलियमसनले भने, 'अफगान टिममा उत्कृष्ट विश्वस्तरीय खेलाडी रहेको स्थितिमा यो जित महत्त्वपूर्ण रह्यो,' उनले भने ।


उनले लगातार तीन जित निकाल्न सकेकोमा खुसी पनि व्यक्त गरे । उनले भने, 'तीन जितको उपलब्धि ठूलै हो । प्रत्येक खेल उत्तिकै प्रतिस्र्धात्मक छन् ।' अफगानिस्तानले भने लगातार तीन खेल गुमाएको छ र कप्तान गुलबदिन नइबले आफ्नो प्रयासमा अझै केही कमजारी रहेको माने । 'हामीले खेलमा राम्रो सुरुआत त लियौं, तर त्यसलाई जिम्मेवारीपूर्वक पूरा गर्न सकेनौं । हामीले सस्तोमै विकेट गुमाएर दबाबमा आयौं ।'


उनले अबको खेलमा टिमले अझ मिहिनेत गर्नुपर्ने पनि स्विकारे । अफताब आलामले इनिङ्सको पहिलो बलमै मार्टिन गुप्टिललाई आउट गर्दै राम्रो सुरुआत दिए । गुप्टिलको १४ औं एकदिवसीय अन्तर्राष्ट्रिय डकको अफगानिस्तानले थप फाइदा लिन सकेन् । अफगानिस्तान लेग स्पिनर रसिद खानबिना बलिङ आक्रमणमा उत्रेको थियो । टिमको ब्याटिङका क्रममा लोकी फर्गुसनको बाउन्सरमा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो ।





प्रकाशित : जेष्ठ २७, २०७६ ०१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?