गिब्सनलाई डे भिल्लियर्सले गर्दा गाह्रो

एएफपी

साउथह्याम्पटन — दक्षिण अफ्रिकी प्रशिक्षक ओटिस गिब्सनले विश्वकपका दौरान एबी डी भिल्लियर्ससँग जोडिएको विवादले आफूलाई पनि अप्ठ्यारो भएको शनिबार स्विकारेका छन् । विश्वकपका लागि दक्षिण अफ्रिकी टिम घोषणा ठीक अगाडि डी भिल्लियर्सले गिब्सन र कप्तान फाफ डु प्लेसिसलाई फोन गरेर आफू संन्यासबाट र्फकंदै टिमका लागि उपलब्ध हुने बताएका थिए ।

तर डी भिल्लियर्सलाई टिममा राख्नु भनेको विश्वकपको अगाडि पाकिस्तान र श्रीलंकाविरुद्ध खेलेको टिमका खेलाडीलाई अन्याय हुने समझदारी भएको थियो। दक्षिण अपि|mकाले यसपल्ट लगातार तीन खेल गुमाइसकेपछि डी भिल्लियर्सको विवादले नयाँ रूप लिएको हो। दक्षिण अअफ्रिका पहिलो तीन खेलमा इंग्ल्यान्ड, बंगलादेश र भारतविरुद्ध पराजित रहेको थियो।

अब उसले वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। सेमिफाइनल प्रवेशको सम्भावना जीवन्त राख्न उसले बाँकी छ खेल जित्नुपर्ने दबाब हुनेछ। यस्तो नाजुक स्थितिमा डी भिल्लियर्सको विवादले आफू निराश भएको गिब्सनले भने। वेस्ट इन्डिजविरुद्धको खेल अगाडि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षकलाई यसबारे प्रश्न गरिएको थियो।

'डी भिल्लियर्सले मलाई सम्पर्क गरेका थिए। यो बिहानको समय थियो र त्यही दिन टिम घोषणा हुने कार्यक्रम थियो। त्यसअगाडि टिमलाई लिएर धेरै घटनाक्रम विकास भइसकेको थियो। उनले धेरै ढिला मात्र सम्पर्क राखेको हाम्राे निचोड थियो। पाकिस्तान र श्रीलंकाविरुद्धको शृंखला अगाडि नै कम्तीमा उनले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्थ्यो,' प्रशिक्षकले थपे।

प्रकाशित : जेष्ठ २७, २०७६ ०१:००
प्रतिक्रिया
पठाउनुहोस्

शेरा प्रतिष्ठानद्वारा तीन खेलाडीलाई सम्मान  

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विजेता बन्न सफल नुवाकोटका तीन खेलाडी सम्मानित भएका छन् । आइतबार शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको स्वास्थ्य सचेतना तथा सम्मान कार्यक्रममा तेक्वान्दो खेलाडी संगीना वैद्य, रेस्लर कमल तामाङ (नुवाकोटे टाईगर) र रसियन अल स्पोर्ट्स हाम्किदो च्याम्पियनसीपमा कास्य पदक विजेता प्रदीप थापालाई सम्मान गरेको हो ।

तीनै जना खेलाडीलाई सभामुख कृष्णबहादुर महराले जनही १० हजार १ सय नगद र सम्मान पत्र प्रदान गरे।

कार्यक्रममा बोल्दै सभामु्ख महराले धर्म र परम्परालाई शिक्षा र चेतनामा रुपान्तरण गर्नु समाजको अग्रगामी रुपान्तरणमा महत्वपूर्ण फड्को भएको बताए।

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङकी दिवंगत आमा राम्री तामाङको तेस्रो वार्षिकीको अवसरमा कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानको तर्फबाट नुवाकोट पञ्चकन्या गाउँपालिका ३ घलेगाउँ निवासी क्यान्सरका बिरामी ६६ वर्षीय कृष्णबहादुर तामाङलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो। त्यस अवसरमा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.राजेन्द्रप्रसाद बरालले क्यान्सर रोगका कारण, प्रकृति, लक्षण तथा उपचार विधिसहित बच्ने उपायका बारेमा श्रव्य-दृश्य प्रस्तुति दिएका थिए।

कार्यक्रममा संघीय सांसद हितबहादुर तामाङ, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवबध्वज जीसी, सहसचिव तेजबहादुर सुवेदी, राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादव, शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापा लगायतको उपस्थिति थियो।

प्रकाशित : जेष्ठ २६, २०७६ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्