कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नेट बलरको टाउको फुट्यो

एएफपी

लन्डन — भारतविरुद्धको महत्त्वपूर्ण भिडन्तको अघिल्लो दिन शनिबार अस्ट्रेलियाको अभ्याससत्र रोकिएको छ । ओपनिङ ब्याट्सम्यान डेविड वार्नरको शक्तिशाली ड्राइभ नेट बलरको टाउकोमा लागेर घाइते भएपछि अभ्याससत्र रोक्नुपरेको हो ।

टाउकोमा बलले लागेर नेट बलर अभ्यास पिचमै लडेका थिए । वार्नर तत्कालै उनको उद्दारमा खटिए र बाँकी टिममेटलाई अभ्यास स्थगित गर्न भने । अस्ट्रेलियाली फिजियोले बलरको प्राथमिक उपचार गरेका छन् । जयकिसन प्लाहा नामक ती नेट बलरलाई मैदानबाट स्ट्रेचरमा राखेर मेडिकल रूममा लगिएको थियो ।


प्लाहाकै साथी अर्का नेट बलरले एएफपीलाई भनेका छन् कि घाइते खेलाडीको होश आएपछि अभ्यास सुरु गरिएको थियो । ‘टाउकोमा चोट लागेका कारण ती नेट बलरलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का ग्राउन्ड म्यानेजर मिचेल गिब्सनले भनेका छन्, ‘अस्पताल जाँदै गर्दा उनी होसमै थिए र हाँसिरहेका थिए ।’


उपाधि रक्षा अभियानमा आरोन फिन्चको नेतृत्वमा रहेको अस्ट्रेलियाली टोलीले जारी विश्वकपमा खेलेका दुवै खेल जितेको छ । फिन्चले भनेका छन् कि घटनाबाट पनि वार्नर निराश छन् ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?