२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

न्युजिल्यान्डको लगातार तेस्रो जित

एएफपी

टउन्टन — न्युजिल्यान्डले विश्वकपमा शनिबार राति लगातार तेस्रो जित निकालेको छ । त्यसका लागि उसले अफगानिस्तानलाई सजिलै ७ विकेटले हरायो । 

जिम्मी नसमले ३१ रनमा ५ तथा लोकी फर्गुसनले ३७ रनमा ४ विकेट लिएपछि अफगानिस्तान १ सय ७२ रनमै समेटियो । न्युजिल्यान्डले पनि सुरुमै केही विकेट गुमाएपनि १७.५ ओभर अगाडि नै टिम जितसम्म पुग्यो ।

उसका लागि कप्तान केन विलियमसनले ९९ बलमा सवाधिक ७९ रन बनाए र नटआउट रहे । अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।

प्रकाशित : जेष्ठ २६, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?