२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आजदेखि विश्वकप क्रिकेट

एजेन्सी

वान डे खेलको सर्वोच्च प्रतियोगिता विश्वकप क्रिकेट २०१९ बिहीबारदेखि सुरु हुँदैछ । उपाधिको सबैभन्दा बलियो दाबेदार आयोजक इंग्ल्यान्डलाई नै मानिएको छ ।

आजदेखि विश्वकप क्रिकेट

इंग्ल्यान्डलाई चुनौती दिन सक्ने दुई टिम भने डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र भारत हुनेछ । इंग्ल्यान्डले अहिलेसम्म वान डे विश्वकप जित्न सकेको छैन ।


सन् १९९२ सम्म तीन पल्ट फाइनल खेलेर पनि सबै अवसरमा इंग्ल्यान्ड उप विजेतमै सीमित रहनु परेको छ । तर धेरैको अनुमान छ, इंग्ल्यान्डको पीडादायी ४५ वर्षको पखाई यसपल्ट अन्त्य हुन सक्छ ।


सेतो बलमा कडा प्रहार गर्न माहिर विशेषज्ञ खेलाडीको वर्चश्व रहेको इंग्ल्यान्ड ५० ओभरको वान डे क्रिकेटको शीर्ष वरीयता प्राप्त टिम पनि हो । कोहलीको टिममा पनि स्टार खेलाडीका कुनै कमी छैन र यो टिमसँग भर्खर आईपीएल खेलेको बाक्लो अनुभव छ ।


सन् २०१५ मा पाँचौं पल्ट विश्वकप जितेको अस्ट्रेलिया भने आफ्नो दुई स्टार खेलाडी स्टिभ स्मिथ र डेविड वार्नरको पुनर्आगमनबाट उत्साहित छ । बल ट्याम्परिङ काण्डमा फसेर एक वर्षको प्रतिबन्धपछि उनीहरू टिममा फर्केका हुन् ।


कुल १० टिमको सहभागिता रहेको प्रतियोगितामा न्युजिल्यान्ड र दक्षिण अफ्रिकाले पनि उत्साहजनक प्रदर्शनको आश राख्ने छ । सहभागी सबै टिमले सुरुमा एकआपसविरुद्ध खेल्नेछ । लिग चरणको समाप्तीमा शीर्ष चारमा रहने टिमले सेमिफाइनल यात्रा तय गर्नेछ ।

प्रकाशित : जेष्ठ १६, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?