कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

तोलामा १ हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

श्रावण २५, २०८१
तोलामा १ हजार पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ — स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार चार सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा ४० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार छ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय ३०रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : श्रावण २५, २०८१ ११:४३
x
×