काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक १०८.३५ अंकले बढेको छ । मंगलबार १४८.०४ अंकले घटेको नेप्से बुधबार ४ प्रतिशतले बढेको हो । आज नेप्से परिसूचक २७५९.६७ विन्दुमा सीमित भएको हो ।
आज कुल २३९ कम्पनीको सेयर मूल्य बढ्यो भने ३ कम्पनीको मात्रै मूल्य घट्यो । आज ३ करोड ८० लाख ४१ हजार २६७ कित्ता सेयर किनबेच भयो । मंगलबारकाे तुलनामा काराेबार रकम घट्याे । मंगलबार २३ अर्ब ७१ करोड रुपैयाँको कारोबार भएको थियो भने आज १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबै उपसमूहहरु बढ्यो । त्यसमध्ये सबैभन्दा बढी जिवन बिमा ५१०.९८ र निर्जिवन बीमा ४००.५७ अंकले बढ्यो । होटल तथा पर्यटन ३६७.५०, उत्पादन तथा प्रशोधन २६४.०७, फाइनानस २३८.२६, विकास बैंक २२९ .९४ अंकले बढ्यो ।
बोटलर्स नेपाल (बालाजु), गुडविल फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, दोल्ती पावर कम्पनी, सिटि होटल, हिमालयन रिइन्स्योरेन्स कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स, सानिमा माइ हाइड्रोपावर कम्पनी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँको कारोबार भयो ।
प्रकाशित : श्रावण २३, २०८१ १५:२६