कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

श्रावण २२, २०८१
सुनचाँदीको भन्सार दर घटाउन अर्थमन्त्री पौडेल सकारात्मक

काठमाडौँ — उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनचाँदीको भन्सार दर घटाउन सरकार तयार रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघका पदाधिकारीसँगको भेटमा आवश्यक परामर्श गरी छिट्टै निर्णय गरिने बताए ।

भारतमा भन्सार दर घटेको र नेपालमा पारेको प्रभावलाई तत्काल सम्वाधोन गर्न जरुरी रहेको समेत उनले बताए ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले भारतले भन्सार दर घटाएर ६ प्रतिशत कायम गरिएको तर नेपालमा २० प्रतिशत हुँदा व्यापार असन्तुलन हुने बताए । उनले सुनमा ८ प्रतिशत र चाँदीमा ६ प्रतिशत कायम हुनुपर्ने बताए ।

प्रकाशित : श्रावण २२, २०८१ १२:१०
x
×