कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

वाणिज्य बैंकहरूको नाफा १३ प्रतिशतले बढ्यो

श्रावण २१, २०८१
वाणिज्य बैंकहरूको नाफा १३ प्रतिशतले बढ्यो

काठमाडौँ — गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको खुद नाफा औसतमा १३ प्रतिशतले बढेको छ । बैंकहरूले सोमबार सार्वजनिक गरेको गत वर्षको वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरूको नाफा करिब १३.४० प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकले गत आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा करिब ७ प्रतिशत मात्र प्राप्ति हुने देखिएको छ । ब्याजदर पनि निरन्तर घटिरहेको छ । तर, बैंकहरूको नाफा औसतमा साढे १३ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंकहरूको कुल नाफा ६४ अर्ब १५ करोड रुपैयाँ छ । जबकी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरूको यस्तो नाफा ५६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

औसतमा नाफा बढेको देखिएपनि सञ्चालनमा रहेका २० मध्ये १० वटा बैंकको नाफा अघिल्लो वर्षको तुलनामा घटेको छ भने १० वटाको मात्र बढेको छ ।

नाफा घट्ने बैंकहरूमा माछापुच्छ्रे, सिटिजन्स्, एनआईसी एसिया, नेपाल बैंक, एनमएबी, सानिमा, सिद्धार्थ, स्ट्यार्ण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई र राष्ट्रिय वाािण्ज्य बैंक छन् । बाँकी नबिल, नेपाल एसबीआई, कुमारी, प्राइम, हिमालयन, लक्ष्मी सनराइज, कृषि विकास, एभरेष्ट, प्रभु र नेपाल इन्भेष्टमेन्ट बैंकले नाफा बढाएका छन् ।

गत वर्ष सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक देखिएको छ । गत आर्थिक वर्षमा नबिल बैंकको खुद नाफा ७ अर्ब ६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा नबिलले आफ्नो नाफा १० प्रतिशतले बढाएको छ । सोही अवधिमा सबैभन्दा कम नाफा आर्जन गर्ने बैंक माछापुच्छ्रे देखिएको छ । यो बैंकको खुद नाफा १ अर्ब २५ करोड रुपैयाँ छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा २३ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकहरूको वितरणयोग्य नाफा पनि उल्लेख्य घटेको छ भने सम्पत्तिमाथीको प्रतिफल (आरओई) पनि निकै कमीआएको छ ।

खासगरी अर्थतन्त्र शिथिल हुँदा आर्थिक गतिविधि चलायमान बन्न नसकेकाले बैंकहरूको नाफा प्रभावित भएको जानकारहरू बताउँछन् ।

प्रकाशित : श्रावण २१, २०८१ १२:३०
×