कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

नेप्से ४०.७६ अंकले बढ्यो, पौने २२ अर्ब रुपैयाँको काराेबार

श्रावण २१, २०८१
नेप्से ४०.७६ अंकले बढ्यो, पौने २२ अर्ब रुपैयाँको काराेबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ४०.७६ अंकले बढेको छ । सोमबार एक दशमलव ४७ प्रतिशतले बढेको नेप्से २७९६.३८ विन्दुमा पुगेको छ । कुल १६३ कम्पनीको सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको सेयर मूल्य घट्यो । एक कम्पनीको मूल्य स्थिर रह्यो ।

कुल ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता सेयर किनबेच भयो । सोमबार २१ अर्ब ८६ करोड ४९ लाख रुपैयाँ कारोबार भयो । सबैभन्दा बढी होटल तथा पर्यटन ४८८.३१ अंकले बढ्यो । जीवन बिमा ४३०.२९, व्यापार २०७.९८, निर्जिवन बिमा १६८.९५ अंकले बढेको छ । सबैभन्दा बढी फाइनान्स उपसमुह १६४.७१, लघुवित्त ४१ अंकले घटेको छ ।

रुरु जलविद्युत् परियोजना, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सगरमाथा जलविद्युत् कम्पनी, कुथेली बुखारी स्मल हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्निी, माथिल्लो मैलुङ खोला जलविद्युत्, भिजन लुम्बिनि ऊर्जा कम्पनी, मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र सानीमा माई हाइड्रोपावर कम्पनी अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको १ अर्ब २६ करोड ४ लाख ८८ हजार रुपैयाँको कारोबार भयो ।

प्रकाशित : श्रावण २१, २०८१ १५:५०
×