कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

काठमाडौँ — स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ४४ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला एक लाख ४४ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

सुनको मूल्य तोलामा आठ सय रुपैयाँले बढ्यो

बुधबार प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आजका लागि एक लाख ४४ हजार दुई सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज भने एक हजार आठ सय ८५ रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : असार २७, २०८१ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×