कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

२९ दशमलव २१ अंकले बढ्यो नेप्से, ७ अर्ब रुपैयाँकाे कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक २९.२१ अंकले बढेको छ । साताको अन्तिम दिन १.३४ प्रतिशतले बढेको सेयर बजार २२०४.६१ विन्दुमा सीमित भएको हो ।

२९ दशमलव २१ अंकले बढ्यो नेप्से, ७ अर्ब रुपैयाँकाे कारोबार

कुल २ करोड २ लाख ३७ हजार ७८० कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ८ करोड ६ लाख रुपैयाँ कारोबार भएको छ । कुल १५५ कम्पनीको सेयर मूल्य बढ्यो भने ७८ कम्पनीको मूल्य घट्यो । कुल ११ कम्पनीको मूल्य स्थिर रह्यो ।

लघुवित्त र व्यापार उपसमुह घट्यो । जिवन बिमा ३१८.६९ अंकले बढ्यो भने निर्जिवन बिमा १११.९० अंकले बढ्यो । बलेफी हाइड्रोपावर, सिटिजन सुपर ३० म्युचअल फन्ड र एनआइबीएल स्टेबल फन्डको मूल्य १० प्रतिशतले बढ्यो ।

समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ४.५९ प्रतिशतले घट्यो । कारोबार रकमको आधारको सीएचडीसी हाइढड्रोपावर डेभलपमेन्ट कम्पनीको १५ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित : असार २७, २०८१ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×