कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

आईएमएफले गर्‍यो विस्तारित कर्जाको चौथो किस्ताबापतको साढे ५ अर्ब निकासा

काठमाडौँ — अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विस्तारित कर्जा सुविधा(ईसिएफ)अन्तर्गत चौथो किस्ताबापट करिब साढे ५ अर्ब (४ करोड १३ लाख अमेरिकी डलर) नेपाललाई उपलब्ध गराउने भएको छ ।

आईएमएफले गर्‍यो विस्तारित कर्जाको चौथो किस्ताबापतको साढे ५ अर्ब निकासा

बुधबार बसेको कोषको सञ्चालक समितिको वैठकले यसअघि आईएमएफ टोलीले गरेको मूल्यांकन प्रतिवेदनका आधारमा विस्तारित कर्जाको चौथो किस्ता निकासा गर्ने निर्णय गरेको हो ।

गत जेठ अन्तिम साता आईएमएफका एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख टिडियान किन्डा नेतृत्वको चौथो मूल्यांकन टोली लेपाल आएको थियो । सोही टोलीले तयार पारेको प्रतिवेदनका आधारमा कोषले चौथो किस्ता भुक्तानी दिने निर्णय गरेको हो ।

आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा ०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको थियो । जसमध्ये यसअघि नै तेस्रो किस्ता निकासा भइसकेको छ भने अन्तिम अर्थात चौथो किस्ताबापत करिब साढे ५ अर्ब (४१.३ मिलियन अमेरिकी डलर) उपलब्ध गराउन बाँकी थियो ।

विस्तारित कर्जा सुविधाको प्रत्येक किस्ता रकम निकाशा गर्नुअघि कोषले यसअघिको प्रतिबद्धताको समीक्षा गर्ने गरेको छ । ईसीएफअन्तर्गतको उक्त रकम नेपालले बजेटरी सहायता शीर्षकमा राखेर खर्च गर्दै आएको छ ।

प्रकाशित : असार २७, २०८१ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×