कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

२३ दशमलव २५ अंकले बढ्याे नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसुचक २३.२५ अंकले बढेको छ । बुधबार १ प्रतिशतले बढेको सेयर बजार २१७५.४० विन्दुमा सीमित भएको छ । 

२३ दशमलव २५ अंकले बढ्याे नेप्से

कुल १९४ कम्पनीको सेयर मूल्य बढ्याे । ४६ कम्पनीको मूल्य घट्यो । ५ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबै उपसमुह बढ्दा विकास बैंक उपसमुह भने घट्यो । निर्जिवन बिमा १४१.१६ अंकले बढ्यो । माइक्रोफाइनान्स ७३.९४ अंकले बढ्यो । बलेफी हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो ।

प्रकाशित : असार २६, २०८१ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×