कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

औसत मूल्यवृद्धि ४.१७ प्रतिशत, तरकारी सबैभन्दा महँगो

काठमाडौँ — गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) ४.१७ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ६.८३ प्रतिशत थियो ।

औसत मूल्यवृद्धि ४.१७ प्रतिशत, तरकारी सबैभन्दा महँगो

चालु आर्थिक वर्षको एघार महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ५.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको २.९४ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ ।

यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १६.०२, दाल तथा गेडागुडीको ११.७६, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३२, चिनी तथा चिनीजन्य वस्तुको ६.९८ र गैर–मदिराजन्य पेय पदार्थको ५.९५ प्रतिशतले बढेको छ । तर, सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ५.५१ प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको एघार महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.४७, शिक्षाको ५.६४ र कपडाजन्य तथा जुत्ता चप्पलको ३.४६ प्रतिशतले बढेको छ । तर, सञ्चार उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ०.४८ प्रतिशत र यातायातको ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित : असार २६, २०८१ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×