कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

पैसा धेरै भएपछि आज पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

काठमाडौँ — बैंक तथा वित्तीय प्रणालीमा पैसा (तरलता) बढी भएपछि आज फेरि राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले उक्त रकम झिक्न लागेको हो । बिहीबार मात्र राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ झिकेको थियो ।

पैसा धेरै भएपछि आज पनि राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै

केही दिनयता राष्ट्र बैंकले निरन्तर जसो बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा आज फेरि १४ दिनका लागि ४० अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

यसका आज (शुक्रबार) दिउँसो ३ बजेसम्म बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आह्वान गरेको छ । घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

प्रकाशित : असार ७, २०८१ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×