कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

काठमाडौँ — एनभिडिया विश्वको सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । मंगलबार हालसम्मकै उच्च शेयर मूल्य कायम गर्दै एनभिडियाले माइक्रोसफ्टलाई समेत उछिनेर विश्वको सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको हो ।

एनभिडिया बन्यो विश्वको सबैभन्दा मूल्यवान कम्पनी

विद्युतीय डिभाइसहरूमा प्रयोग हुने चिप उत्पादनकर्ता एनभिडियाको शेयर मूल्य ३.५ प्रतिशतले बढेर ३.३३५ ट्रिलियन (३३ खर्ब ३५ अर्ब‍) डलर पुगेको छ । माइक्रोसफ्टको कुल बजार मूल्य (पुँजीकरण) ३.३१७ ट्रिलियन (३३ खर्ब १० अर्ब) डलर छ । तेस्रो मूल्यवान कम्पनीका रूपमा एप्पलको कुल बजार मूल्य ३.२८ ट्रिलियन (३२ खर्ब ८० अर्ब) डलर छ ।

एनभिडियाले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी सफ्टवेयरलाई आवश्यक कम्प्युटर चिप उत्पादन गर्दै आएको छ । पछिल्लो समय एआईको तरंगसँगै एनभिडियाका प्रोडक्टको माग ह्वात्तै बढेको छ । बीबीसीका अनुसार एनभिडियाको आय थप बढ्ने कतिपय लगानीकर्ताहरूको विश्वास छ । माइक्रोसफ्ट, अल्फाबेट (गुगल), मेटा, एप्पलजस्ता ठूला प्रविधि कम्पनीहरूबीच एआई प्रविधिमा प्रतिस्पर्धा बढिरहेकाले यसको फाइदा आगामी दिनमा एनभिडियालाई पुग्ने देखिएको छ ।

एआई चिप मार्केटमा प्रभुत्व कायम गरि आएको एनभिडिया वाल स्ट्रिटमा सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा रहेको छ । यसको दैनिक कारोबार औसतमा ५० अर्ब डलर रहेको रोयटर्सले उल्लेख गरेको छ । माइक्रोसफ्ट, एप्पल र टेस्लाको दैनिक कारोबार करिब १० अर्ब डलर रहँदै आएको छ । यो वर्ष मात्रै एनभिडियाको शेयर लगभग तीन गुणाले वृद्धि भएको छ ।

प्रकाशित : असार ५, २०८१ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×