कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

कुरिनटारमा थपियो दिगो ई–स्टप

काठमाडौँ — विद्युतीय सवारीको प्रयोग बढेसँगै दिगो ग्रुपले चितवनको कुरिनटारमा नयाँ दिगो ई–स्टप सञ्चालन गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त चार्जिङ स्टेसन उद्घाटन गरे । 

कुरिनटारमा थपियो दिगो ई–स्टप

यो नेपालका राजमार्गमा उपलब्धमध्ये सबैभन्दा ठूलो चार्जिङ स्टेसन रहेको दिगो ग्रुपको दाबी छ । यहाँ चार्जिङ स्टेसनसहित अन्य सेवासुविधा पनि छन् । परिवारमैत्री रेस्टुरेन्ट, द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध हुने दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले जनाए ।

लामो दूरीको यातायातमा यात्रुहरूले सुविधाजनक खानपान, शौचालय आदि उपभोग गर्न नपाइरहेको पृष्ठभूमिमा दिगो ग्रुपले राजमार्गमा यस किसिमको सेवा विस्तार गरेको बताएको छ ।

‘सबै रुटमा चार्जिङ स्टेसन बढेका छन् । यसका लागि हामीले उद्योगकै रूपमा खपत बढाउँदै छौं,’ घिसिङले भने, ‘ती ठाउँमा भरपर्दो र गुणस्तरीय सेवा दिन सक्यौं भने त्यो बढी प्रभावकारी हुन्छ ।’

दिगो ई–स्टपले लामो दूरीको सडक यात्रामा क्रान्ति ल्याउने प्रतिबद्धता गरेको छ । नेपालभरका राजमार्गमा यस किसिमको सुविधायुक्त चार्जिङ स्टेसन स्थापना गर्दै जाने योजना रहेको अध्यक्ष रायमाझीले जनाए । यात्रुहरूले ईभी प्रयोग गर्दा फरक अनुभव गर्न पाउने कम्पनीको दाबी छ ।


प्रकाशित : असार ४, २०८१ ०६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×