कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९

कुन-कुन देश पुग्छ नेपाली अचार ?

चालु आर्थिक वर्षको १० महिनामा १२ करोड ६१ लाख रुपैयाँको अचार निर्यात हुँदा ५ करोड ५० लाख रूपैयाँकाे आयात
सीमा तामाङ

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा १२ करोड ६१ लाख ९ हजार रूपैयाँ बराबरको अचार निर्यात भएको छ । भन्सार विभागका अनुसार १० महिनामा १ लाख ५४ हजार ६५८ किलो विभिन्न ११ मुलुकमा निर्यात भएको हो ।

कुन-कुन देश पुग्छ नेपाली अचार ?

विभागका अनुसार सबैभन्दा बढी अस्ट्रेलिया र सबैभन्दा कम चीनमा अचार निर्यात भएकाे छ । गत आर्थिक वर्ष सोही अवधिमा ९ करोड ४८ लाख ९५ हजार रूपैयाँ बराबरको १ लाख ४३ हजार १६२ किलो अचार निर्यात भएको थियो ।

चालु आर्थिक वर्ष अस्ट्रेलियामा ५ करोड १६ लाख ५० हजार रूपैयाँ बराबरको ६६ हजार ८५४ किलो अचार निर्यात भएको विभागको तथ्यांक छ । इटालीमा १ करोड ७४ लाख ६० हजार रूपैयाँ बराबरको १९ हजार ५५५ किलो निर्यात भएको हो । सबैभन्दा कम चीनमा १ लाख १७ हजार रूपैयाँ बराबरको अचार निर्यात भएको छ । अचार चीनमा कम निर्यात भए पनि नेपालमा भने चीनबाटै सबैभन्दा बढी अचार आयात भएको छ ।

चालु आर्थिक वर्षको १० महिनामा ५ करोड ५० लाख १४ हजार रूपैयाँ बराबरको अचार आयात हुँदा चीनबाट मात्रै ३ करोड २२ लाख २८ हजार रूपैयाँ बराबरको अचार आयात भएको छ । विभागका अनुसार चीनबाट कुल ५७ हजार ३३७ किलो अचार आयात गरिएको हो । भारतबाट २ करोड २७ लाख ६५ हजार रूपैयाँ बराबरको १ लाख ३२ हजार १९८ किलो अचार आयात गरिएको छ ।

गत आर्थिक वर्षको १० महिनामा ९ करोड ४८ लाख ९५ हजार रूपैयाँ बराबरको अचार निर्यात हुँदा ८ करोड ६८ लाख १४ हजार रूपैयाँ आयात गरिएको थियो । विभागका अनुसार १० महिनामा ३ करोड १४ लाख ३४ हजार रूपैयाँ बराबरको अचार अमेरिका निर्यात भएको थियो । कोरियामा १ करोड ६८ लाख ९४ हजार रूपैयाँ र जापानमा १ करोड ६६ लाख ७६ हजार रूपैयाँ बराबरको अचार निर्यात भएको थियो ।

गत आर्थिक वर्ष पनि सबैभन्दा बढी चीनबाट ६ करोड ६६ लाख ८० हजार रूपैयाँबराबरको अचार आयात गरिएको थियो । भारतबाट २ करोड १३ लाख रूपैयाँ बराबरको अचार आयात भएको विभागको तथ्यांक छ ।

प्रकाशित : जेष्ठ ३२, २०८१ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×