कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

बंगलादेश र नेपालबीच पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

काठमाडौँ — समुद्र सतहका पर्यटकहरुलाई शिखरसम्म पुर्‍याउने उद्देश्यले नेपाल र बंगलादेशका पर्यटन व्यवसायीहरुले बिहीबार राजधानीमा सम्झदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

बंगलादेश र नेपालबीच पर्यटन प्रवर्द्धन गर्ने सम्झौता

नेपालका तर्फबाट नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टूर एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया र टुर अपरेटर्स एसोसिएसन अफ बंगलादेश (टोअब) का तर्फबाट एमडी रफेउज्मानले सम्झदारपत्रमा हस्ताक्षर गरेका छन् ।

नाट्टा महासचिव युविका भण्डारीका अनुसार, दुवै संस्थाले नेपाल र बंगलादेशबाहेक तेस्रो मुलुकका पर्यटकहरुलाई आकर्षित गर्ने जनाएका छन् । दुबै मुलुकले पहिलो चरणमा प्रमुख गन्तव्यहरुमा परिचयात्मक भ्रमण (फ्याम ट्रिप) संचालन गर्ने, नेपालका हिमाली क्षेत्रका गतिविधि तथा बंगलादेशको तटीय क्षेत्रका बासिन्दाहरुको जीवनशैलीलाई दुवै देशका टुर अपरेटर तथा संचारमाध्यममार्फत प्रचार गर्ने, साहसिक तथा मनोरञ्जनात्मक गतिविधि विकास गर्ने, पर्यटकीय अवसरहरु विकास गर्न दुवै देशमा सम्मेलन र सेमिनारहरु अयोजना गर्ने उल्लेख गरिएको छ ।

दुवै देशका व्यवसायीहरुले पर्यटकीय बजार, व्यवस्थापनबारे मार्केटिङ अभियान संचालन गर्ने, अन्तर्राष्ट्रिय मेलाहरुमा सहभागिता जनाउने पनि समझदारीपत्रमा उल्लेख गरेका छन् । पर्यटक आगमन दरमा संसारका १ सय १९ मुलुकमध्ये बंगलादेश १ सय ९ औं स्थानमा परेको थियो भने नेपाल ८० औं स्थानमा रहेको छ ।

नेपाल भ्रमणमा आउने प्रमुख पर्यटकहरुमध्ये बंगलादेश उत्कृष्ट ५ औं स्थानमा रहेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×