कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

रुग्ण उद्योग सञ्चालनका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको छु : मन्त्री भण्डारी

काठमाडौँ — उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारी तथा निजी रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउनु अहिलेको राष्ट्रिय आवश्यकता रहेको बताएका छन् । 

रुग्ण उद्योग सञ्चालनका लागि उच्च प्राथमिकता दिएर काम गरिरहेको छु : मन्त्री भण्डारी

बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले मन्त्रालयले रुग्ण उद्योगहरु सञ्चालनको लागि आवश्यक गृहकार्य गरेको बताए ।

उनले रुग्ण उद्योगहरु सञ्चालनका लागि आएका अध्ययन प्रतिवेदनहरु अध्ययन गरिरहेको बताए । सबै उद्योगहरु एकै पटक सञ्चालन गर्ने आधारहरु नबन्ने भन्दै उनले रुग्ण रहेका उद्योगलाई प्राथमिकताका आधारमा वर्तमान अवस्थामा सबैभन्दा पहिला कुन उद्योगलाई सञ्चालन गर्ने भन्ने विषयमा पनि आवश्यक तयारी भइरहेको बताए ।

मन्त्री भण्डारीले सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरिएका गोरखकाली रवर उद्योग, बुटवल धागो र हेटाैंडा कपडा उद्योग लगायतका उद्योगलाई पहिलो चरणमा सञ्चालन गर्ने गरी छलफल र अध्ययन गरिरहेको बताए । 'मैले मन्त्रालय सम्हालेको एक सय दिन भएको छ । यो अवधिमा नवप्रवर्तनकारी एवं सृजनशील सोचमार्फत उद्यमशीलता विकास गर्न राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ । नेपालमा लगानीको वातावरणलाई सहज बनाउन विभिन्न ८ वटा कानून समावेश गरिएको केही नेपाल ऐन संशोधन, अध्यादेश २०८१ जारी गरी प्रतिस्थापन विधेयक सङ्घीय संसद्मा गरिएको छ भने विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित छन्,' मन्त्री भण्डारीले भने ।

उनले स्टाण्डर्ड नाप र तौल नियमावली, २०८० स्वीकृत भएको बताए ।

प्रकाशित : जेष्ठ ३१, २०८१ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×