कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

१० महिनामा ३ अर्ब ३३ करोडको सिमेन्ट र क्लिकंर निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको १० महिनामा ३ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ बराबरको सिमेन्ट र क्लिकंर निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा ५५ करोड ४४ लाख रुपैयाँ बराबरको सिमेन्टर क्लिंकर निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

१० महिनामा ३ अर्ब ३३ करोडको सिमेन्ट र क्लिकंर निर्यात

विभागका अनुसार १ अर्ब ६६ करोड ८७ लाख रुपैयाँको २० लाख ९४ हजार ५७२ टन सिमेन्ट निर्यात भएको छ । यस्तै १ अर्ब ६६ करोड ६७ लाख रुपैयाँबराबरको ४७ लाख १६० टन क्लिकंर निर्यात भएको विभागले जनाएको छ । गत आर्थिक वर्ष १० महिनामा ३० करोड २४ लाख रुपैयाँको क्लिंकर र २५ करोड १९ लाख रुपैयाँको सिमेन्ट निर्यात भएको थियो ।

मुलुकको सिमन्ट र सिमेन्टको कच्चा पदार्थ क्लिकरको बजार भारत मात्र रहेको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार १० महिनामा भारतबाट ४ करोड १४ लाख ६८ हजार रुपैयाँ बराबरको सिमेन्ट आयात गरिएको छ । गत आर्थिक वर्ष सोही अवधिमा २७ करोड ७५ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात गरिएको थियो ।

प्रकाशित : जेष्ठ ३१, २०८१ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×