कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

नेप्से फेरि २१ सय माथी, ३३ अंकले बढ्यो  

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ३३.१५ अंकले बढेर २ हजार १ सय १५.२४ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.५९ प्रतिशतले बढी हो ।

नेप्से फेरि २१ सय माथी, ३३ अंकले बढ्यो  

सोमबार करिब नौ अंकले बढेर २ हजार ८२.०९ अंकमा उक्लेको बजारले मंगलबार पनि वृद्धिकै बाटो समातेको हो । यससँगै समग्र नेप्से परिसूचक २१ सय अंकभन्दा माथी पुगेको हो । सोमबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । यसदिन जलविद्युत समूहको परिसूचक सबैभन्दा धेरै २.५८ प्रतिशतले बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक २.४० प्रतिशतले बढेको छ।

मंगलबार कारोबारमा आएकामध्ये २ सय ३ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ४१ वटाको घटेको छ । बाँकी २ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन ७४ हजार ८ सय ७७ वटा कारोबारबाट १ करोड २६ लाख ६५ हजार ३ सय २९ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको हो । सोमबार ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार बरुण हाइड्रोपावर, ग्रिन भेन्चर, कुथेली बुखरी हाइड्रोपावर, भगवती हाइड्रोलगायत कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको नेप्सेले जनाएको छ ।

सोही दिन कुमारी इक्विटी फण्डको मूल्य ४.९४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रूपैयाँ २७ पैसामा झरेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x