कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

ईन्टरनेट बन्द भयो भने के होला ? 

काठमाडौँ — गत २१ वैशाखमा दिउँसोबाटै ईन्टरनेट सेवा अवरुद्ध भएको खबरले धेरैलाई झस्काईदिएको थियो । झन ईन्टरनेटमै आधारित सेवा दिने काममा संग्लन भएकाहरुलाई भने कतै यस्तो घटना दोहोरीरहने हो कि ? सरकारले नै ईन्टरनेट सट डाउन गर्ने अवस्था आयो भने के होला भन्ने चिन्ताले पनि सतायो ।

ईन्टरनेट बन्द भयो भने के होला ? 

हालैमात्र डिजिटल अधिकारको वकालत गर्ने संस्था एक्सेस नाउ र ईन्टरनेट प्रतिबन्धविरुद्ध अभियान चलाउँदै आएको संस्था किप ईट अनले स्रिकिङ डेमोक्रेसी, ग्रोईङ भायलेन्स शिर्षकमा संसारमा कहाँ कहाँ ईन्टरनेट सटडाउनका घटना भए भन्ने विषय समेटेर प्रतिवेदन सार्वजनिक गरेको थियो । यो प्रतिवेदनमा भिडियो सेयरिङ प्लाटर्फम टिकटकमाथी नेपाल सरकारले प्रतिबन्ध लगाएकाले नेपाललाई पनि पहिलो पटक ईन्टरनेट सटडाउन हुने देशहरुको सूचीमा पहिलो पटक नेपालको नाम पनि राखेको छ ।

यो प्रतिवेदनमा ईन्टरनेट सट डाउनका घटनामा सरकार नै कसरी अग्रसर हुन्छ र कसरी सरकारले आफूविरुद्ध हुने गतिविधि रोक्न ईन्टरनेट प्रतिबन्धका निर्णय लिनसक्छ भन्ने विषयमा पनि समेटिएको छ ।

यो प्रतिवेदनमा छिमेकी देश भारत ईन्टरनेट सटडाउन हुने देशको सूचीमा पछिल्ला ६ वर्षदेखि लगातार पहिलो नम्बरमा छ ।

सन् २०२३ मा भारतमा मात्रै १ सय १६ पटक ईन्टरनेट प्रतिबन्ध भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनका अनुसार आन्तरिक गृहयुद्धमा फसेको म्यानमारमा ३७ पटक, द्वन्द्वमा फसेको ईरानमा ३४ पटक, राजनीतिक अस्थिरतामा फसेको प्यालेस्टनाईमा १६ पटक, युक्रेनमा ८ पटक, पाकिस्तानमा ७ पटक, ईराकमा ६ पटक, अजरबैजानमा ५ पटक, ईथोपिया ४ पटक, सेनेगल ४ पटक, नेपाल, मोजाम्बिक, केन्या र सुरिनाममा १–१ पटक ईन्टरनेट प्रतिबन्धका घटना भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनकाअनुसार सन् २०२३ मा पहिलोपटक ईन्टरनेट सट डाउन गर्ने देशमध्ये नेपालमा टिकटक, केन्यामा टेलीग्राम, सुरिनाममा फेसबुक, हृवाट्सएप र ईन्स्टाग्राम बन्द गरिएका छन् ।

प्रकाशित : जेष्ठ १६, २०८१ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x