२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

व्यक्ति वा व्यवसायिक घराना विशेषलाई हेरेर स्पन्ज आइरनमा कर परिवर्तन गरेको होइन : अर्थमन्त्री पुन

काठमाडौँ — अर्थमन्त्री वर्षमान पुनले कुने व्यक्ति वा व्यवसायिक घराना विशेषलाई हेरेर स्पन्ज आइरनमा करका दरहरु परिमार्जन नगरिएको दाबी गरेका छन् ।

व्यक्ति वा व्यवसायिक घराना विशेषलाई हेरेर स्पन्ज आइरनमा कर परिवर्तन गरेको होइन : अर्थमन्त्री पुन

आगामी आर्थिक वर्षको बजेट वक्तव्यबारे बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले कसैको अनुहार हेरेर करका दर परिमार्जन नगदिएको दाबी गरेका हुन् ।

‘कच्चा पदार्थ अनुसार नै भन्सार दर र अन्तशुल्क कायम गरिएको हो,’ अर्थमन्त्री पुनले भने, ‘उनले करका दर औचित्य सहित परिवर्तन गरिएको हो ।’ अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताएका छन् ।

आम जनतामा आशा जगाउने प्रयत्न गरिएको अर्थमन्त्रीको भनाइ छ । आफूहरू सीमाले दिएसम्म निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न थालेको बताउँदै अब पनि निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने उनले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १६, २०८१ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?