२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

सहकारीमा लागेर गल्ती गरियो भन्ठान्नु पर्दैन : अर्थमन्त्री पुन

काठमाडौँ — संविधानमै सरकारी, निजी र सहकारीको सहकार्यलाई आर्थिक विकासका तीन खम्बा मानिएको भए पनि कतिपयले सहकारीको सिद्धान्त बाहिर गएर काम गरेकोले यो क्षेत्र बदनाम भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । बुधबार आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पुनले सहकारीमा लागेर गल्ती गरिएको नठान्न आग्रह गरेका छन् ।  

सहकारीमा लागेर गल्ती गरियो भन्ठान्नु पर्दैन : अर्थमन्त्री पुन

‘संविधानले सहकारीलाई एउटा खम्बा मानेको छ, यो खासमा राम्रो हो तर सहकारीको सिद्धान्त र कानुनबाहिर गएर चलेका सहकारीले गर्दा यो क्षेत्र बदनाम भयो,’ उनले भने, ‘सानो पुँजी, सानो श्रम, सानो कारोबारलाई एकीकृत गरेर ठूलो श्रम, ठूलो शक्ति, ठूलो प्रत्यन्त बनाउने माध्यम हो सहकारी । त्यसकारण सहकारीकर्ताले निरुत्साहित हुनुपर्ने वा गल्ती नगरेकाहरूले सहकारीमा लागियो, गल्ती गरियो भन्ठान्नु पर्दैन ।’ उनले सहकारी क्षेत्र जरूरी भएकाले यसलाई सुधार्न सरकार प्रतिबद्ध रहेको बताए ।

अर्थमन्त्री पुनले बचत तथा ऋण सहकारीमा देखिएका समस्या र कमजोरीलाई सुधार्न, आवश्यक छानबिन र कारबाहीका कुरा भइरहेको भनाइ राखे । साथै, संरचनागत र नीतिगत सुधारका पहल गरिने बताए । त्यस्तै, समस्यामा परेका सहकारीका बचतकर्तालाई ५ लाख रुपैयाँसम्मको बचत फिर्ता गराउने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।

‘सहकारी समस्यामा सञ्चालक वा एकाघरका परिवार सदस्यबाट राखिएका सम्पत्ति धितो वा कम्तीमा ५ लाख रुपैयाँ भए पनि बचतकर्ता सदस्यलाई फिर्ता गर्ने प्रस्ताव गरिएको छ,’ उनले भने, ‘यसले बचत तथा ऋण सहकारीमा देखिएको समस्या समाधानमा हाम्रो सानो कोसिस देखाउँछ ।’

सहकारी क्षेत्रको नियामक निकाय स्थापना गर्ने विषय पनि उनले उल्लेख गरे ।

प्रकाशित : जेष्ठ १६, २०८१ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हदबन्दीमाथिको जग्गा सट्टापट्टा मात्र होइन, बिक्री नै गर्न पाइने विधेयक संघीय संसद्‌मा पुगेको छ । यस्तो विधेयकलाई अब के गर्नुपर्छ ?