कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

छिचोलियो फास्ट ट्र्याकको धेद्रे सुरुङमार्ग

विमल खतिवडा

काठमाडौँ — नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग(फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रवार छिचोलिएको छ ।

छिचोलियो फास्ट ट्र्याकको धेद्रे सुरुङमार्ग

प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग छिचोलिएको सेनाले जनाएको छ ।

यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।


प्रकाशित : जेष्ठ ११, २०८१ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहमाथि नगरसभामै भएको आलोचना र विरोधलाई कसरी लिनु भएको छ ?

x