२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुअगाडि समर्थन मूल्य

काठमाडौँ — सरकारले खाद्य बालीको प्रवर्द्धन गर्न उत्पादन चक्र सुरु हुनुअगाडि नै समर्थन मूल्य तोक्ने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन चक्र सुरु हुनु अगाडि धान, गहुँ, मकैलगायत बालीको समर्थन मूल्य तोकिने बताए ।

सरकारको नीति तथा कार्यक्रम : उत्पादन चक्र सुरु हुनुअगाडि समर्थन मूल्य

तीनै तहका सरकारको सहकार्यमा आगामी बजेटमा कृषकलाई दिइने अनुदानमा सरलीकरण तथा उत्पादनको बजारीकरण सुनिश्चित गरिने भएको छ ।

त्यस्तै, उत्पादित सामग्रीको भण्डारण क्षमता वृद्धि गर्ने, रासायनिक मल, माटोको अम्लीयपना घटाउने, आयातित खाद्यान्नमा परीक्षणको विस्तार खाद्य प्रयोगशाला अन्तर्राष्ट्रियस्तरको बनाइने बताए ।


प्रकाशित : जेष्ठ १, २०८१ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नौ वर्षमा १४ अर्ब खर्च भइसक्दा पनि चुरेमा विनाश बढीरहेको छ र मधेसमा खानेपानीको स्रोत समेत सुक्न थालेका छन् । यसबारे तपाईंको टिप्पणी के छ ?

x