कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९८

सरकारको नीति तथा कार्यक्रम : ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनमा जाेड दिइने

काठमाडौँ — सरकारले ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन तथा उपयोगमा जोड दिइने जनाएको छ । मंगलबार संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बायो इथाइनोल र ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनमा जोड दिने बताएका हुन् । 

सरकारको नीति तथा कार्यक्रम : ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादनमा जाेड दिइने

सरकारले गत माघमा ग्रीन हाइड्रोजन नीति, ०८० ल्याइसकेकाे छ । ०७८ फागुन २३ मा प्रधानमन्त्री पुष्पकमल दाहालले डिजेल र पेट्रोलको विकल्पमा आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका थिए ।

काठमाडौंबाट सोलुखोला–दूधकोशी जलविद्युत् आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनको युगतिर विश्व जाँदै गरेको उल्लेख गरेका थिए । प्रधानमन्त्रीले हाइड्रोजन गाडी चढ्ने बताएको ११ महिनापछि सरकारले ग्रीन हाइड्रोजन नीति ल्याएको हाे  ।


प्रकाशित : जेष्ठ १, २०८१ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

यातायात व्यवस्था कार्यालयहरूले ट्रायल फेल भएका १९ सयलाई किर्ते गरी लाइसेन्स वितरण गरेको सार्वजनिक भएको छ। यस्तो विकृत्ति रोक्न मुख्य रुपमा के गर्नुपर्छ ?

×