२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४८

नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात, सवा खर्ब मात्र निर्यात

काठमाडौँ — चालु आर्थिक वर्षको नौ महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ बराबरको आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको नौ महिनासम्ममा १२ खर्ब १ अर्ब रुपैयाँ बराबर आयात भएको छ ।

नौ महिनामा ११ खर्ब ६७ अर्बको आयात, सवा खर्ब मात्र निर्यात

यस्तै नौ महिनासम्मको अवधिमा मुलुकबाट १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निर्यात पनि ३.६६ प्रतिशतले घटेको हो । ०७९ चैतसम्ममा १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको निर्यात भएको थियो ।

आयात र निर्यात घटेपछि मुलुकको कुल ब्यापार घाटा पनि २.९२ प्रतिशतले घटेर कुल १० खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो ब्यापार घाटा १० खर्ब ८३ अर्ब रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको नौ महिनामा कुल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कुल वैदेशिक ब्यापार भएको थियो ।

प्रकाशित : वैशाख ९, २०८१ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?