कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अलैंची र चिया निर्यात घट्दो

अदुवा र अम्रिसोजस्ता कृषिजन्य उत्पादनको निर्यात पनि गिर्दो 

विराटनगर — पूर्वी नाका हुँदै नेपाली कृषिजन्य उत्पादनको भारत निर्यात खस्कँदो पाइएको छ । अलैंची, चिया, अदुवा र अम्रिसो जस्ता कृषिजन्य उत्पादनको निर्यात क्रमशः गिर्दै गएको मेची भन्सार कार्यालय काँकडभिट्टाले जनाएको छ । भन्सारका अनुसार पूर्वी नाकाबाट निर्यात हुने पहिलो प्रमुख वस्तुको सूचीमा रहेको अलैंचीको निर्यातमा पनि पछिल्लो समय गिरावट आएको छ । 

अलैंची र चिया निर्यात घट्दो

आर्थिक वर्ष ०७९/८० को चैतसम्म ६ अर्ब ३३ करोड ६८ लाख ६० हजार मूल्य बराबरको ७८ लाख २६ हजार ४ सय ३४ किलो अलैंची निर्यात भएको थियो । तर, चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांक हेर्दा परिमाणमा ३६ लाख ५४ हजार र मूल्यमा करिब साढे ५ करोड कमी आएको छ । यसमा ६ अर्ब २८ करोड १२ लाख मूल्यको ४० लाख ७२ हजार किलो अलैंची कम निर्यात भएको हो ।

अम्रिसो (कुचो) को निर्यात पनि गिर्दो छ । ०७९/८० मा ६२ करोड ९० लाख २० हजार मूल्य बराबरको १ करोड ३६ लाख ५ हजार किलो अम्रिसो निर्यात भएको थियो । चालु आर्थिक वर्षको चैतसम्ममा ९५ करोड ३० लाख ५४ हजार मूल्यको ९३ लाख १४ हजार किलो अम्रिसो निर्यात भएको छ । अम्रिसोको मूल्यमा करिब साढे २२ करोडले वृद्धि भए पनि परिमाण भने घटेको छ । यो वर्ष अघिल्लो वर्षका तुलनामा १३ लाख २० हजार किलो कम निर्यात भएको देखिन्छ ।

अदुवाको पनि अम्रिसोको झैं निर्यात मूल्य बढेपछि परिमाण भने घटेको छ । गत वर्ष ४१ करोड ६८ लाख ३५ हजार मूल्यको १ करोड ३० लाख २४ हजार किलो अदुवा निर्यात हुँदा यो वर्ष ६५ करोड ८५ लाख ६३ हजार मूल्यको ५० लाख ८२ हजार किलो अदुवा निर्यात भएको छ । यसमा २४ करोडभन्दा बढी मूल्य बढे पनि परिमाण ७९ लाख ४१ हजार किलो घटेको छ ।

चियाको उत्पादन सिजन भर्खर सुरु भएको छ । बीचमा उत्पादन सुरु भएपछि यस वर्षको अन्त्यतिर निर्यात बढ्ने प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जनाए । ‘परिमाण घटे पनि मूल्यका कारण अदुवा र अम्रिसो कभर भएको छ,’ रेग्मीले भने, ‘उत्पादन नभएर निर्यात भएन होला । यथार्थ मूल्य आएर मूल्य बढेको देखियो, कुलमा घटेकै छ ।’

प्रकाशित : वैशाख ९, २०८१ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?