२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४६

भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

काठमाडौँ — भारत सरकारले नेपालका विभिन्न जिल्लालाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ । भारतीय राजदूतावास, काठमाडौंले आइतबार नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थालाई एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गरेको हो ।

भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका कुल १०१ सवारीसाधनमध्ये दुई वटा एम्बुलेन्स दूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम) जिल्लामै पुगेर हस्तान्तरण गरेका थिए ।

भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसका अवसरमा नेपालका विभिन्न लाभग्राही संस्थाहरूलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरूप प्रदान गर्दै आएको छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा पूर्वाधार विकास गर्न नेपाल सरकारले चालेका प्रयासलाई थप बलियो बनाउन नेपाल–भारत विकास साझेदारी कार्यक्रमअन्तर्गत सहयोग गरिएको राजदूत श्रीवास्तवले बताए ।

भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकाससम्बन्धी परियोजनाको सराहना गर्दै अर्थमन्त्री वर्षमान पुनले यसले दुई देशबीचको जनता–जनताबीचको सम्पर्क र सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै लैजाने बताए । सन् १९९४ यता भारत सरकारले हालसम्म नेपालभर १ हजार ९ वटा एम्बुलेन्स र ३ सय वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : वैशाख ३, २०८१ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?