कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नेप्से र कारोबार रकम दुबै घट्यो

काठमाडौँ — सेयर कारोबार मापक परिसूचक नेप्से आइतबार सामान्य अंकले घटेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २.३५ अंकले घटेर समग्र नेप्से २ हजार २३.३५ अंकमा ओर्लेको छ । गत बुधबार दोहोरो अंकले घटेर बन्द भएको नेप्सेले आइतबार पनि गिरावटकै बाटो पछ्याएको हो ।

नेप्से र कारोबार रकम दुबै घट्यो

आइतबार कारोबारमा आएकामध्ये १ सय २७ वटा कम्पनीको सेयर मूल्य बढेको छ, १ सय ८ वटाको घटेको छ भने १० वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

उक्त दिन ५९ हजार ४२ वटा कारोबारबाट ७७ लाख ९५ हजार ३३ कित्ता किनबेच भए । ती किनबेचबाट ३ अर्ब ६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम बढी हो ।

गत बुधबार ३ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : वैशाख २, २०८१ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१७ महिनामा प्रधानमन्त्रीले ४ पटक विश्वासको मत लिने अवस्था किन आएको होला ?