कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

महेशपुर भन्सार कार्यालयको गोदाममा सड्यो २ हजार बोरा चिनी

बरामद गरिएको ३ वर्षपछि १ लाख किलो चिनी नष्ट गरिँदै
नारायण शर्मा

नवलपरासी पूर्व — पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयको गोदाममा राखिएको करिब २ हजार बोरा चिनी सडेको छ । बरामद गरिएको करिब ३ वर्षपछि खान अयोग्य रहेको भन्दै नष्ट गर्न लागिएको हो । ५० किलोका हिसाबले २ हजार बोरामा कुल चिनी १ लाख किलो हुन आउँछ भने त्यसको बजारमूल्य करिब १ करोड हुन्छ ।

महेशपुर भन्सार कार्यालयको गोदाममा सड्यो २ हजार बोरा चिनी

सीमानाकाबाट विभिन्न समयमा प्रहरीले बरामद गरेको चिनी तत्काल लिलाम नगरेकाले गोदाममै सडेको हो । ०७७ र ०७८ साल असारमा बरामद गरिएको चिनी तत्काल लिलाम नगरेका कारण गोदाममै सडेको कर्मचारीको भनाइ छ ।

सडेर खान नमिल्ने भएका कारण ठूलो परिमाणको चिनी अब खाल्डो खनेर पुरिने भएको छ । बरामद भएको करिब ३ वर्षपछि चिनी खान हुने नहुने भनेर गुणस्तर विभागमा परीक्षणका लागि पठाइएको कर्मचारीको भनाइ छ ।

गुणस्तर कार्यालयले चिनी बिग्रिसकेको भनेका कारण नष्ट गर्ने प्रक्रियामा लागिएको महेशपुर भन्सारका प्रमुख बुद्धिबहादुर चुडालले बताए । पहिले नै व्यवस्थापन नगरेका कारण यस्तो समस्या देखिएको उनले बताए ।

प्रकाशित : चैत्र २१, २०८० ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?