२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

होटल तथा पर्यटन व्यवसायी महासंघको अध्यक्षमा गौतम

सुनिता बराल

महोत्तरी — होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा हिरा गौतम सर्वसम्मत चयन भएका छन् । होटल तथा पर्यटन व्यवसायीहरुको मधेस प्रदेशको भेलाले अघिल्लो कार्यकाल गौमतमले निकै कुशलतापूर्वक काम गरेको भन्दै दोश्रो कार्याकालमा समेत भेलाले गौतमलाई पुन अध्यक्षमा चयन गरेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले जानकारी दिए । 

होटल तथा पर्यटन व्यवसायी महासंघको अध्यक्षमा गौतम

१७ सदस्य प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु कुमार साह, उपाध्यक्ष सुरेन्द्रकुमार भण्डारी, महासचिव बैकुण्ठ सापकोटा, कोषाध्यक्ष दानबाहादुर थापा, सचिव तबरेज आलम, सहसचिव शिवराम राउत र सहकोषाध्यक्ष गोविन्द गहतराज चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा अन्जु न्यौपाने, कल्याणी साह, रामचन्द्र शाह, अरविन्द कुमार चौधरी, विद्यालाल प्रसाद, मुकेश कुमार प्रजापति लगायत चयन भएका छन् । मधेसको पर्यटन प्रवर्द्धनमा होटल व्यवासायको निकै अहम भुमिका हुने भन्दै होटल व्यवसाय गरिरहेका गौतम लामो समयदेखि पर्यटनको विकासमा समेत लागेका छन् ।

बर्दिवास र धनुषाको लागगढमा स्टार स्तरको गौतम होटल संचालन गरिरहेका गौतम बर्दिवास नगरपालिकाको पर्यटन प्रवर्द्धन समितिका संयोजक समेत हुन् । प्रदेशका ८ वटै जिल्लामा संजाल रहेको महासंघको भेलाले आगामी दिनमा समेत गौतमको नेतृत्वले पर्यटन विकासमा निकै ठुलो योगदान पुर्‍याउने विश्वास लिएको जनाएको छ । भेलाबाट प्रदेश समितिमा ८ वटै जिल्लाको प्रतिनिधित्व रहेको बताइएको छ ।

प्रकाशित : चैत्र १९, २०८० २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?