कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

तेस्रो लगानी सम्मेलनमा सहभागी जनाउन स्पेनी लगानीकर्ताहरूलाई आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन स्पेनी लगानीकर्ताहरूलाई आग्रह गरिएको छ । स्पेनको राजधानी म्याड्रिडमा बुधबार स्पेन चेम्बर अफ कमर्सका लगानीकर्ताहरूसँग भेटवार्ता गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरेकी हुन् ।  

तेस्रो लगानी सम्मेलनमा सहभागी जनाउन स्पेनी लगानीकर्ताहरूलाई आग्रह

नेपालमा यही अप्रिल २८ र २९ मा तेस्रो लगानी सम्मेलन हुँदैछ । त्यसका लागि विदेशीस्थित नेपाली नियोगहरूले आ–आफ्ना मुलुकमा सम्भावित लगानीकर्ताहरूलाई नेपालमा आएर भाग लिनका लागि आग्रह गर्न थालेका छन् ।

उक्त कार्यक्रममा स्पेन चेम्बर अफ कमर्सका अध्यक्ष जोसे लुइस बोनेट र प्रमुख कार्यकारी अधिकृत इनमाकुलादा रिइकाले राजदूत पराजुलीलाई स्वागत गरेका थिए । उक्त अवसरमा स्पेनका मन्त्रालय, नीति लगानीकर्ताहरूको पनि उपस्थित रहेको थियो । उक्त भेटवार्तामा दुई मुलुकबीचमा व्यापार, पर्यटन, प्राविधिक सहकार्य, विद्युत् तथा अन्य विषयमा काम गर्न सकिने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

राजदूत पराजुलीले स्पेनी लगानीकर्ताहरूलाई नेपालमा लगानीको सम्भावनाको बारेमा जानकारी दिइन् । साथै, उनले नेपालको विदेश नीतिमा कसैसँग पनि दुश्मनी नगर्ने र सबैसँग मित्रता गर्नेबारे पनि जानकारी दिइन् । उनले नेपालमा सेवा क्षेत्रसहित पर्यटन, नवीन उर्जा, विद्युत र ग्रीन हाइड्रोजनमा सम्भावना भएको पनि बताइन् । दूतावासका द्वितीय सचिव अर्जुन अधिकारीले नेपालमा लगानी बारेमा प्रस्तुति दिएका छन् ।


प्रकाशित : फाल्गुन १७, २०८० १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?