कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

नेप्सेमा साढे २८ अंकको गिरावट, २ अर्ब ५९ करोडको सेयर किनबेच

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार २८.६८ अंकले घटेर १ हजार ९ सय ७२.०९ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो १.४३ प्रतिशतले कम हो । यो साताका पाँच कारोबार दिनमध्ये तीन दिन बजार घटेको छ भने २ दिन मात्र बढेको छ ।

नेप्सेमा साढे २८ अंकको गिरावट, २ अर्ब ५९ करोडको सेयर किनबेच

तीन दिनमा बजार ५७.३६ अंकले घट्दा बाँकी दुई दिनमा २२.६२ अंकले मात्र बढेको थियो ।

सो दिन ४८ हजार ३ सय ४९ वटा कारोबारबाट ३ सय ८ वटा कम्पनीका ७४ लाख ४६ हजार ९ सय ९१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रक बढी हो । बुधबार २ अर्ब ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

नेप्से घटेसँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि घटेर ३१ खर्ब ४५ अर्ब रुपैयाँ कायम भएको छ । सो दिन १७ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय २० वटाको घट्यो भने ११ वटाको स्थिर रहयो ।

प्रकाशित : फाल्गुन १७, २०८० १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?