कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

सार्वजनिक ऋण भुक्तानी गर्न एक खर्बभन्दा बढी रकम विनियोजन गर्नुपर्ने अवस्था छ : अर्थमन्त्री महत

काठमाडौँ — अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले बर्सेनि ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने क्रममा उनले उक्त जानकारी गराएका हुन् । 

सार्वजनिक ऋण भुक्तानी गर्न एक खर्बभन्दा बढी रकम विनियोजन गर्नुपर्ने अवस्था छ : अर्थमन्त्री महत

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा मात्रै एक खर्बभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीको लागि खर्च गर्नुपर्ने दायित्व सरकार सामु रहेको बताए । उनले विकास आयोजनाहरूमा न्यून बजेट विनियोजन गरेका कारण सृर्जित दायित्व भुक्तानी गर्न पनि सरकारका लागि चुनौतीको विषय रहेको स्पष्ट पारे ।

उनले जाजरकोटलगायतका भूकम्प पीडितहरुका लागि आवास पुनर्निर्माणका लागि ठूलो बजेटका आवश्यकता रहेको बताए । स्रोत सुनिश्चित नभएका कारण भूकम्प प्रभावित क्षेत्रका स्थायी आवास निर्माणको कामले गति लिन नसक्ने अवस्था रहेको अर्थमन्त्री महतको भनाइ छ ।

प्रकाशित : फाल्गुन १४, २०८० १३:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?