कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

दूधको बक्यौता भुक्तानी नगरे आन्दोलन चेतावनी

काठमाडौँ — सरकार र निजी डेरीले दूध लिएबापत तिर्नुपर्ने बक्यौता नदिए किसानले आन्दोलनको चेतावनी दिएका छन् । १५ वटा किसान संगठनले बिहीबार पत्रकार आयोजना गर्दै दूधको बक्यौता रकम र लम्पीबाट पाइने क्षतिपूर्ति नदिए आन्दोलनको घोषणा गरेका हुन् ।

दूधको बक्यौता भुक्तानी नगरे आन्दोलन चेतावनी

किसानको माग सम्बोधनमा सरकार गम्भीर नभएको उनीहरूको आरोप छ । नेपाल किसान महासंघ तथा राष्ट्रिय किसान सञ्जाल, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन, केन्द्रीय दुग्ध सहकारी संघ नेपाल, नेपाल दुग्ध व्यवसायी संघ, दुग्ध उत्पादक किसान संघ नेपाललगायत १५ किसान संगठनले संयुक्त रूपमा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।


प्रकाशित : फाल्गुन १२, २०८० ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?