१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

सातामा ४ सय रुपैयाँले बढ्यो सुन

काठमाडौँ — सातामा सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ४ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेको छ ।

सातामा ४ सय रुपैयाँले बढ्यो सुन

साताको पहिलो दिन आइतबार प्रति तोला १ लाख १७ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य बुधबार १ लाख १८ हजार ४ सय पुगेको थियो । बिहीबार सुन तोलामा ४ सय रुपैयाँले घटेको थियो । शुक्रबार पनि सोही मूल्य स्थिर रहेको महासंघले जनाएको छ ।

अमेरिकी सेयर बजारमा देखिएको सकारात्मक प्रभावले सुनचाँदीको बजारमा उत्तारचढाव देखिएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताएका छन् ।

यो साता सुनको मूल्यमा उतारचढाव देखिएको उनले जनाए । आइतबार प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य घटेको थियो । बुधबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँ पुगेको थियो । त्यसपछि घटेको चाँदीको मूल्य आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा सीमित भएको महासंघले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?