११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

दक्षिण कोरियाली राजदूत योङद्वारा किसानलाई उन्नत जातको बाच्छी प्रदान

राजकुमार कार्की

सिन्धुली — दक्षिण कोरियाका राजदूत पार्कटाइ योङले होलस्टिन गाईको ७ दिने बाच्छी कमलामाइ नगरपालिका ५ दमारकी उमा सुवेदीलाई मंगलबार उपहारस्वरुप प्रदान गरेका छन् ।

दक्षिण कोरियाली राजदूत योङद्वारा किसानलाई उन्नत जातको बाच्छी प्रदान

कोरिया सरकारले नेपाललाई हस्तान्तरण गरि कमलामाइ नगरपालिकामा पठाएको ८० वटा गाईमध्ये सोही वडा गैंयाँटारकी गुणकुमारी अधिकारीले पालन गरेको माली गाई ब्याएपछि बाच्छी समूहका सदस्यलाइ हस्तान्तरण गरिएको हो । गाई पालनका लागि १०९ जना किसान समूहमा आबद्ध भएका छन् । किसान सुवेदीले उपहारमा पाएको बाच्छी भने माउबाट छुटाएर लैजान पाँच महिना कुर्नुपर्ने हुन्छ ।

पहिलो चरणमा ५१ जना किसानले गाई पाएकोमा तीबाट जन्मिने बाच्छीहरु क्रमश: किसानलाई हस्तान्तरण गर्दै जानुपर्ने नियम छ । राजदूत योङले नेपाल–दक्षिण कोरियाबीच सम्बन्ध भएको ५० वर्ष पुगेको उपलक्ष्यमा गैयाँटार, दमार, राजपानी, ढकालगाउँलाई कोरिया–नेपाल मोडेल डेरी भिलेज नामाकारण गरिएको प्रतिमाको समेत अनावरण गरेका थिए ।

दक्षिण कोरिया सरकारले मिल्क वे परियोजना अर्न्तगत कमलामाई नगरपालिकालाई उन्नत जातका ८० वटा होलस्टिन गाई उपहार स्वरुप प्रदान गरेको थियो ।

होलस्टिन गाईबाट दुधमा कमलामाइ नगरपालिका आत्मनिर्भर मात्र नभएर निर्यात गर्न सक्ने हुने आफूले विश्वास लिएको राजदूत योङले बताएका छन् । नेपाल अहिले भएका गाई ब्याएपछि थारो नहुन्जेल दुइहजार ८ सय लिटर दुध दिने तर होलस्टिनले १० हजार लिटर दिने भएकाले नश्ल सुधारमा जोड दिनुपर्ने खाँचो औंल्याइयो ।

सिन्धुलीको कमलामाइ नगरपालिका ५ फोस्रेटारमा मंगलबार दक्षिण कोरियाका राजदुतलाइ स्वागत गर्दै । तस्बिरः राजकुमार कार्की/कान्तिपुर




प्रकाशित : फाल्गुन १, २०८० १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?