११.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

कानुनी जटिलताले समयमै निर्माणको काम नहुने समस्या छ : भौतिक मन्त्री 

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कानुनी जटिलताकाकारण समयमै निर्माणको काम सक्न समस्या हुने गरेको बताएका छन् । आइतबार सोसाईटि अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्सको ३३औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले यस्तो अवस्थामा छिटो आयोजना सम्पन्न गर्न समस्या हुने गरेको बताए ।

कानुनी जटिलताले समयमै निर्माणको काम नहुने समस्या छ : भौतिक मन्त्री 

‘निर्माण क्षेत्रमा केही समस्याहरु छन्, समयमै काम नसकिने समस्या होस् वा गुणस्तरीय काम नभएका कुरा,ठूलो गुनासो समयमै काम भएन भन्ने नै छ,’ उनले भने, ‘समयमै काम नहुनुकाकारण कानुनी झमेला धेरै छन् ।’ जसलेगर्दा ठेक्का गरेर काम सुरु गर्न समय लाग्ने गरेको उनको भनाई छ । ‘काम सुरु गरेपछि समयमै सम्पन्न गर्न नसक्ने,समयमै काम नसक्दा आयोजनाको लागत बढ्ने र गुणस्तर घट्ने समस्या आउने गरेका छन्,’ उनले भने, ‘यस्ता समस्या समाधानकालागि के गर्न सकिन्छ,यो कार्यक्रममा सहभागि विज्ञ समुहमा छलफल गरेर निष्कर्ष निकाल्न जरुरी छ, त्यसमा फेरी आवश्यक छलफल गरेर मन्त्रालयले कार्यान्वयनमा लग्न तयार छ ।’

मुख्य पूर्वाधार निर्माणको काम भौतिक मन्त्रालय अन्तर्गत नै हुने भएकाले निर्माणको क्रममा आइपर्ने समस्या समाधानमा सबै एकमत हुन जरुरी रहेको उनले सुनाए । अहिले पूर्व तयारी विना हतारमा ठेक्का गर्दा अधिकांश आयोजनामा काम हुन सकेको छैन । मुआब्जा,वनको समस्याले गर्दा ठेक्का भइसकेका आयोजनाले गति लिन सकेको छैन । केही आयोजना भने निर्माण व्यवसायीकैकारण ढिला र अलपत्र बन्दै आएका छन् ।


प्रकाशित : मंसिर २४, २०८० १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सबैभन्दा ठूलो बजेट ल्याएको काठमाडौं महानगरकै विकास खर्च पछिल्लो ७ महिनामा सबैभन्दा कमजोर किन भएको होला ?