१४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

रुपन्देही प्रहरीद्वारा ११ लाखभन्दा बढी मूल्य‍को अवैध चिनी बरामद

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देही प्रहरीले अवैध चिनीसहित बोलेरो पीकअपलाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–५ पर्सहवाबाट ५६ बोरा चिनी र गाडी बरामद गरेको हो ।

रुपन्देही प्रहरीद्वारा ११ लाखभन्दा बढी मूल्य‍को अवैध चिनी बरामद

बुटवल उपमहानगरपालिका–२ का ३२ वर्षीय ईश्वर भुसालले चलाएको र बुटवल–१३ का २० वर्षीय अर्जुन कुँवर सवार लु २ च २४ नम्बरको पीकअपमा भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याइएको अवस्थामा चिनीसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अन्दाजी ११ लाख ८२ हजार रुपैयाँको चिनी आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।

प्रकाशित : मंसिर २०, २०८० १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

फुटपाथ व्यापारीमाथि काठमाडौं महानगर प्रहरीले गरेको धरपकडबारे के भन्नुहुन्छ ?