१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११०

विराटनगरको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा

विनोद भण्डारी

विराटनगर — महानगरको जनपथटोलमा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्व अनुसन्धान विभागको टोलीले आइतबार छापा मारेको छ । विभागले भन्सारबाट आयात भएको परिमाणअनुसार मालवस्तुको गणना सुरु गरेको छ । विभागको टोलीले एकवर्ष अवधिमा यो सप्लायर्समा छापा मारेको दोस्रो पटक हो ।

यसअघि स्थानीय प्रशासन र आन्तरिक रजश्व कार्यालयले पनि छापा मारेर स्टक परिमाणको अध्ययन गरेको थियो । यसअघि गरिएको छापामा आन्तरिक राजश्व कार्यालय र विभागको टोली रित्तो हात फर्केको सप्लायर्सका मालिक सञ्जीव भगतको दाबी छ ।

सुती र पप्लिन कपडाको कारोबार गर्ने यो सप्लायर्समा हाल १४ करोडको सुती र पप्लिन कपडा स्टक रहेको भगतले बताए । सबै सामान भन्सार तिरेर आयात गरिएको उनको दाबी छ ।

भन्सार छलेर आयात गरिएका सामान स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोली आफैं आएर आयात परिमाण, खरिद–विक्री खाता र स्टक परिमाणको अनुसन्धानसँगै कागजातका आधारमा स्टक गणना गरेको राजश्व विभाग स्रोतले बतायो ।

प्रकाशित : मंसिर १७, २०८० १४:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

केन्द्रमा सत्ता गठबन्धन फेरबदल हुँदा प्रदेश सरकारमा समेत त्यसको असर पर्नुको सन्देश के हो ?