१२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

२३.८२ अकंले घट्यो नेप्से

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजार मंगलबार २३.८२ अकंले घटेको छ । सोमबार जम्मा १ अंकले मात्रै बढेको थियाे । मंगलबार एकै दिन १८२९ विन्दुमा कायम भएको छ । बजार घट्दा कारोबार रकम पनि खुम्चिएको छ ।

२३.८२ अकंले घट्यो नेप्से

मंगलबार कारोबार ९५ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । सोमबार १ अर्ब ९ करोडको कारोबार भएको थियो । कुल ३१ कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो । माइक्रोफाइनान्स २.८९ र उत्पादन उपसमूह ३.१२ प्रतिशत घटे । होटल तथा पर्यटन उपसमूह २.६ प्रतिशत घट्यो ।

अंकका आधारमा वाणिज्य बैंक समूह ६, विकास बैंक ३१, फाइनान्स २५, होटल तथा पर्यटन १२९, जलविद्युत् २७, जीवन बीमा ११९, उत्पादन १५२, माइक्रोफाइनान्स ९७, निर्जीवन बीमा १३४, अन्य २४ र व्यापाार उपसमूह २९ अंक घटे । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, सोल्टी होटल र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमश: अगाडि रहे ।

प्रकाशित : मंसिर ५, २०८० १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एनसेल सञ्चालन गर्दै आएको विदेशी कम्पनी आजिएटा नेपालबाट बाहिरिनुको मुख्य कारण के हो ?